संगालोखबर


विराटनगर । सिटी सफारीमा यात्रुले छाडेको गरगहना तथा कपडासहितको झोला चालकले ट्राफिक प्रहरीमा बुझाएपछि सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।

भदौ २३ गते विराटनगरको बरगाछी चोकबाट हाटखोला जाने क्रममा एक यात्रुले सफारीमा छाडेको समान सम्बन्धित व्यक्तिलाई बुझाइएको हो ।

को १ ह १९८५ नम्बरको सिटी सफारीका चालक विराटनगर-५ चाँदनी चोक बस्ने ४४ वर्षीय दीपेन्द्र कुमार दासले झोला फेला पारेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाएका थिए ।

अनुसन्धानका क्रममा उक्त सामान मोरङको कटहरी गाउँपालिका-२ निवासी शेया सरकारको भएको खुलेपछि सम्बन्धित व्यक्तिलाई बुझाइएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।

सफारी चालक दासको अनुकरणीय र इमानदार कार्यप्रति ट्राफिक प्रहरी मोरङले प्रशंसा व्यक्त गरेको छ । हराएको सामान फेला परेपछि शेया पनि हर्षित भएकी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!