संगालोखबर


विराटनगर । विराटनगरमा शनिबार सम्पन्न राधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

रथयात्रामा संकलन भएको २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ रकम आज कोषमा जम्मा गरिएको हो । राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत रकम कोषमा जम्मा गरेको छ ।

कोषमा रकम जम्मा गरिएको भौचर राधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्णबहादुर कार्कीलगायतले जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई बुझाएका छन् ।

समितिले यसअघि नै रथयात्राका क्रममा संकलित भेटी बाढीपीडित नागरिकका लागि सहयोग गरिने घोषणा गरेको थियो । सोही अनुरूप संकलन भएको भेटी कोषमा जम्मा गरिएको रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!