धनकुटाको जितपुरमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तिम चरणमा पुगेको हो ।
पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेसँगै जितपुर बजार अहिले नयाँ स्वरूप देखिन थालेको छ । सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा ब...































