जेनजी आन्दोलनमा इटहरीको प्रहरी कार्यालयमा आगो लगाउने गिरोह पक्राउ
विराटनगर । सुनसरीको इटहरी स्थित प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोह पक्राउ परेको छ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयको भवन ध्वस्त बनाएको घटनामा संलग्न गिरोहका ५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-३ का २९ वर्षीय विजय लिम्बु, भोजपुर याङपाङ घर भइ इटहरी-४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी-४ का २४ वर्षीय सोनम कार्की, इटहरी...




























