संगालोखबर

झापा । झापाको बिर्तामोड बजारमा भीषण आगलागी भएको छ । बिर्तामोड नगरपालिका-४ स्थित सोफा फ्याक्ट्रीबाट आगलागी सुरु भएको हो ।

आगोले आसपासका चार वटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आगो नियन्त्रणका लागि चार वटा दमकल परिचालन गरिएको छ । इलामबाट पनि दमकल मगाइएको छ । हालसम्म मानवीय क्षति भएको छैन । थप विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!