
विराटनगर । विराटनगर-११ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
बसपार्कमा स्थापना गरिएको सहायता कक्षको आज कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै डीआइजी खनालले चाडपर्वका बेला यात्रुलाई आइपर्ने समस्याको तत्कालै सम्बोधन गर्न प्रहरीलाई निर्देशन दिए ।

कार्यक्रममा मोरङका प्रहरी प्रमुख कवित कटवाल, ट्राफिक प्रमुख सन्तोष न्यौपाने, प्रहरी अधिकृतहरू, यातायात व्यवसायी, चालक लगायतको सहभागिता थियो ।

यस्तै विराटनगर-१५ रानीस्थित २ नम्बर ढाट, सुन्दरहरैंचा नगरपालिका-३ गछिया, सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोक र बेलबारी नगरपालिका-१ पुरानो बेलबारीमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

पथरीशनिश्चरे नगरपालिका-१ पथरी, उर्लाबारी नगरपालिका-७ बसपार्क, रंगेली नगरपालिका-७ बसपार्क, लेटाङ नगरपालिका-४ बसपार्क र रतुवामाई नगरपालिका-४ डाम्राभिट्टामा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

संगालोखबर 



















