संगालोखबर

विराटनगर । पूर्वाञ्चल चालक संघ मोरङले विराटनगरमा प्रदर्शन गरेको छ । ट्राफिक प्रहरीविरुद्ध नाराबाजी गर्दै चालकहरूले बरगाछीदेखि महेन्द्र चोकसम्म र्‍याली निकालका हुन् । 

आफ्नो हकहित र सुरक्षाको माग गर्दै विभिन्न नारा लेखिएका प्ले कार्डसहित चालकहरू र्‍यालीमा सहभागि भएका छन् । उनीहरूले ट्राफिक ज्यादती बन्द गर, ट्राफिक कारबाही पारदर्शी गर, ट्राफिक प्रहरीको व्यवहारमा सुधार गर लगायतका नारा लगाएका थिए ।  

‘सुरक्षित सडक हाम्रो अधिकार, ट्राफिक व्यवस्थापन वैज्ञानिक बनाउ’, ‘कानुनको नाममा ज्यादती बन्द गर, चालकको श्रमको उचित मूल्य देउ’, ‘दुर्घटना पीडित चालकलाई क्षतिपूर्ति देउ’, जरिवाना होइन न्यायपूर्ण व्यवस्था चाहिन्छ, कानुन सबैलाई समान लागू गर’ लगायतका लेखिएका प्ले कार्डसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । 

चालकहरूले सडक सुरक्षासँग सम्बन्धित विषयमा शान्तीपूर्ण र्‍याली निकालेको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । 

‘सडकमा चालकहरूलाई व्यवहार राम्रो होस्, आफ्ना हक अधिकार सुनिश्चित होस् भन्ने चाहनासहित उहाँहरूले शान्तिपूर्ण र्‍याली निकाल्नु भएको हो’, उनले संगालोखबरसँग भने । बरगाछीबाट सुरु भएको र्‍याली महेन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!