संगालोखबर


सुनसरी । इटहरी उपमहानगरपालिका-१२ संविधान चोकस्थित कोशी राजमार्गमा जेब्रा क्रस निर्माण गरिएको छ । इटहरी आसेज वाओले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै जेब्रा क्रस निर्माण गरेको हो ।

उक्त क्षेत्रमा सडक वारपार गर्ने क्रममा पैदलयात्रीले कठिनाइ भोग्दै आएको र पटक-पटक सडक दुर्घटना हुने गरेको गुनासोपछि जेब्रा क्रस निर्माण गरिएको संस्थाका नवीन राना मगरले जानकारी दिए ।

जेब्रा क्रस निर्माण भएपछि पैदलयात्रीको आवत-जावत सुरक्षित र सहज भएको उनले बताए । स्थानीयको आवश्यकता र सडक सुरक्षाको विषयलाई प्राथमिकतामा राख्दै वडा नम्बर १२ सँगको सहकार्यमा जेब्रा क्रस बनाइएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!