संगालोखबर


विराटनगर । विराटनगर-१६ ब्रह्माटोलमा घरभित्र पुरुषको शव फेला परेको छ । स्थानीय अमोद लामाको घरमा कोठा भाडामा लिएर बस्दै आएका अन्दाजी ४८ वर्षीय बब्लु श्रेष्ठ मृत फेला परेका हुन् ।

‘सो स्थानबाट दुर्गन्ध आइरहेको स्थानीयले जानकारी गराएपछि प्रहरीको टोली पुगेर ढोका खोलेर हेर्दा शव फेला परेको हो’, मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘भित्रबाट चुकुल लगाएको अवस्था थियो । ढोका खोलेर हेर्दा फ्रिजमा टाँसिएको अवस्थामा शव फेला गरेको हो ।’

उनको दुई/तीन दिन अगाडि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोलीले घटनास्थलमा खटिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!