संगालोखबर


विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल नजिकबाट मोटरसाइकल चोरी भएको छ । अस्पतालमा उपचारका लागि आएका झापाको झापा गाउँपालिका-१ का घनश्याम सिटौलाको मोटरसाइकल चोरी भएको हो ।

पार्किङमा राखिएको प-१-०१-०१५ प ९८४६ नम्बरको हिरो होन्डा मोटरसाइकल आइतबार दिउँसो करिब १ बजे चोरी भएको मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले संगालोखबरलाई जानकारी दिए ।

मोटरसाइकल हराएपछि सम्बन्धित धनीले खोजीका लागि प्रहरीलाई जानकारी गराएका छन् । मोटरसाइकल चोरीमा संलग्न व्यक्ति र मोटरसाइकलको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!