संगालोखबर


विराटनगर । कोशी प्रदेश योजना आयोगमा नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त सदस्यहरू तोयानाथ खतिवडा र हरिकुमारी राईले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ ग्रहण गराएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडा र राईलाई प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघिका सदस्यहरूले राजीनामा दिएपछि रिक्त रहेको पदमा उनीहरूलाई नियुक्त गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!