संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित कोशी लोकमार्गमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा सिरहाको लहान नगरपालिका-३ का १८ वर्षीय डाइमन कुमार कुशवाहाको मृत्यु भएको हो ।

आज बिहान विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्र ०२-०६१ प ७८५२ नम्बरको मोटरसाइकलले नेमुवाबाट रविचोक जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार डाइमन गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए । मोटरसाइकलमा सवार सिरहाको लहान नगरपालिका-२ का १७ वर्षीय राहुल कुशवाहा र साइकलमा सवार सुनसरीको दुहबी नगरपालिका-१ का २२ वर्षीय साहवित मिँया घाइते भएका छन् ।

उनीहरूको विराट शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!