
विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार कार्की ६४७ मतसहित निर्वाचित भएका हुन् ।
सभापतिका अर्का उम्मेदवार केशव गिरीले १२६ मत प्राप्त गरे । यस्तै महिला उपसभापतिमा कृष्णा कुमारी साहलाई पराजित गर्दै श्रुति शर्मा निर्वाचित भइन् । शर्माले ४९५ मत प्राप्त गर्दा साहले २२९ मत पाइन् ।
महानगरबाट जिल्ला कार्यसमिति सदस्यमा महिलातर्फ सावित्रा पोखरेल ४३२ र उमा घिमिरे ३८१ मतसहित निर्वाचित भए । यस्तै खुलातर्फ सुरेन्द्र भट्टराई (सुगल) २०४, ज्ञानेश्वर नेपाल २८८ र सुमन प्रसाईं २०५ मतसहित निर्वाचित भएका हुन् ।
यसअघि महानगर समितिको उपसभापतिमा शुभाशिष कोइराला र सचिवमा विरेन्द्रप्रसाद यादव निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै दिवस गिरीले उम्मेदवारी फिर्ता लिएपछि सह-सचिवमा टिकाराम सापकोटा पनि निर्विरोध निर्वाचित भएका थिए ।
सहमति जुट्न नसकेका पदमा बुधबार निर्वाचन भएको थियो । मतगणनापछि निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक भएको हो ।

संगालोखबर 



















