
विराटनगर । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) कोशीको अध्यक्षमा रजत सहवाला निर्विरोध चयन भएका छन् । झापाको बिर्तामोडमा भएको तेस्रो वार्षिक साधारणसभाबाट सहवाला अध्यक्षमा चयन भएका हुन् ।
कार्यसमितिको लर्निङ चेयरमा केशव राठी, को-लर्निङमा शरद जोशी, फाइनान्स चेयरमा सङ्केत बंसल, मेम्बरसिप चेयरमा जितेश अग्रवाल र को-मेम्बरसिपमा धड्कन कट्टेल चयन भएका छन् ।

यस्तै मिडिया एन्ड कम्युनिकेसनमा सुशान्त न्यौपाने, स्टार्टअप एन्ड आईटीमा आयुष भगत, ग्रोथ एन्ड एक्सपान्सनमा कुणाल शाह, रिलेसन एन्ड एलायन्समा अश्विनी गोल्छा र इन्टरनेसनल रिलेसनमा तुषार तोदी चयन भएका हुन् ।
साहिल जोडानी, पीयूष अग्रवाल, पीयूष कोठारी, देव गोयल, अमन अग्रवाल, रियाज ढकाल, प्रवास थापा मगर, आइरिस राज पोखरेल, टोपबहादुर खड्का, गौरव धनुका, गौरव श्रेष्ठ र निराग गौतम नयाँ सदस्यका रूपमा थपिएका छन् ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोको प्रमुख आथित्यतामा भएको साधारणसभामा नेपाल उद्योग परिसङ्घ (सीएनआई) का राष्ट्रिय अध्यक्ष सुगम घिमिरे, सीएनआई कोशीका अध्यक्ष पवन सारडा, उपाध्यक्ष भीम घिमिरे तथा प्रमुख सल्लाहकार महेश जाजुलगायत उद्योगी-व्यवसायीहरूको उपस्थिति थियो ।

कार्यक्रममा युवा उद्यमीहरूको क्षमता विकास, स्टार्टअप प्रवर्द्धन, लगानी तथा व्यावसायिक सहकार्य विस्तार र कोशी प्रदेशमा उद्यमशील वातावरण निर्माणका विषयमा गहन छलफल भएको छ ।
नयाँ कार्यसमितिले युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, सहकार्य र उद्यमशीलताको विकासमा थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

संगालोखबर 



















