प्रकाश तामाङको कृषिकर्म गर्ने चाहना पुरा गर्न पूर्वमुख्यमन्त्री राईद्वारा जग्गा सहयोग
भोजपुर । ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले जग्गा सहयोग गरेका छन् । तामाङले कृषि पेसामा आवद्ध हुने इच्छा देखाएपछि राईले पाँच रोपनी तीन आना जमिन तामाङको नाममा पास गरिदिएका हुन् ।
राईले जग्गासँगै एक थान हाते ट्याक्टर र एक हल गोरु समेत सहयोग गरेका छन् । पूर्वमुख्यमन्त्री राईसँगको भेटमा प्रकाशले भोजपुरमै बसेर कृषि पेसामा संलग्न हुने तर आफू...





























