मोरङ र पाँचथरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
बिराटनगर । मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी–४ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु हुँनुका साथै पाँचथरको कुम्मायक–४ वानथाकमा स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको हो ।
दिउँसो सवा १२ बजे कटहरी–४ रंगेली सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक धनपालथान–७ का ६० बर्षीय मुस्तफी मियाको मृत्यु भ...





























