रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित हाँडीखर्क सामुदायिक बनमा भीषण आगलागी भएको छ । आज दिउँसो करिब ३ बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुँन सकेको छैन । आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्ती जोखिममा परेको छ ।

Advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर, आगो नियन्त्रण हुन नसक्दा बस्तीमा जोखिम बढेको हो । आगलागी भएको क्षेत्रमा सडक नभएकाले दमकल पुग्न नसक्दा आगो नियन्त्रणमा समस्या भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए ।

दिउँसो जंगलको तल्लो भागबाट सुरु भएको आगो अहिले बस्तीतर्फ बढ्दै गएको छ । आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्तीमा जोखिम बढेको स्थानीय भुवन राईले बताए । ‘निकै ठूलो आगो लागेको छ । औद्योगिक ग्राम आसपास क्षेत्रमा आगो आईपुग्न लागिसक्यो,’ आगो निभाउँन खटिएका राईले संगालोखबरसँग भने ‘प्रहरीसहित हामीले आगो निभाउँने प्रयास गरिरहेका छौं । आगो निभेन भने औद्योगिक ग्रामसहित आसपासको करिब ३०/३५ घर जोखिममा छन् ।’

आगो बढ्दै गएमा औद्योगिक ग्रामसहित आत्मारा, कोल्डस्टोर र फोक्लेण्ड टापु टोलबस्तीसमेत जोखिममा रहेको स्थानीयबासी बताउँछन् । अहिले सो क्षेत्रमा दुई वटा दमकल तयारी अवस्थामा राखिएको छ । तर, सडक नहुँदा दमकल आगलागी क्षेत्रमा पुग्न सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!