संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका बिभिन्न स्थानमा वेवारिसे अवस्थामा फेला परेको ४१० किलो गाँजा प्रहरीले वुधवार जलाएर नष्ट गरेको छ । सहिदभूमि गाँउपालिका–१ स्थित चिच्चे, भञ्याङ लगायत स्थानको जंगल तथा झाडीमा राखिएको अवस्थामा फेला परेको गाँजा प्रहरीले जिल्ला प्रहरी कार्यालय परिषरमा ल्याई जलाएर नष्ट गरेको हो ।

Advertisement

सहिदभूमि क्षेत्रमा व्यवसायिक रुपमा बर्षेनी गाँजा खेति हुँदै आएको छ । गाउँमा प्रहरी आएको थाहा पाएपछि बोरा, तन्दा लगायतमा पोको पारेर जंगल तथा झाडीमा लुकाइएको अवस्थामा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए ।

धनकुटा जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका प्रतिनिधिको रोहबरमा खाल्डोमा हालेर मट्टीतेल खन्याई गाँजा जलाइएको हो । प्रहरीले जिल्लाका बिभिन्न स्थानमा गाँजा खेति फडानी पनि गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!