संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा लोक बहादुर अधिकारी चयन भएका छन् । संगठनको आज सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति निर्माण गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा बेघ बहादुर सिजाली, महिला उपाध्यक्षमा सूर्य कुमारी थापा, सचिवमा प्रेम कार्की, सह सचिव महिलामा रन्जाना ओझा, कोषाध्यक्षमा जितन प्रसाद ओझा र सह कोषाध्यक्षमा सीतादेवी कार्की चयन भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका शिव आङ्ला, छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठ, शिक्षक संगठनका यज्ञ प्रकाश चापागाईं, रामचन्द्र गुरागाई लगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!