संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले बरिष्ठ नेता माधव कुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

Advertisement

पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन लागिपरेको ठहर गर्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको स्रोतले जनाएको छ । बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ ।

बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!