संगालोखबर सम्वाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । छिमेकी मूलुकमा कोरोनाको संक्रमण पुनः फैलन थालेपछि धनकुटामा पनि सतर्कता अपनाउँदै भीडभाडजन्य गतिबिधिमा कडाई गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज सूचना जारी गर्दै कोरोना पुनः फैलने संभावना देखिएकाले सतर्कता अपनाउँन आग्रह गरेको हो ।

प्रशासनले रात्रीकालिन व्यवसायमा भीडभाड नगर्न र अबेरसम्म व्यवसाय नखोल्न आग्रह गरेको छ । त्यस्तै, आउँन लागेको होली पर्वमा भिडभाड, जमघट नगर्न पनि प्रशासनले सचेत गराएको छ । प्रशासनद्वारा जारी सूचनामा पहिले सञ्चालनमा रहेका क्वारेन्टाइन, आइसोलेशन केन्द्रहरुलाई तयारी अवस्थामा राख्न र कोरोनाविरुद्ध विद्युतीय माध्यमबाट सचेतनामूलक सन्देश प्रशारण गर्न पनि स्थानीय पालिकाहरुलाई आग्रह गरिएको छ ।

Advertisement

यता, मास्क, सेनिटाइजर, सामाजिक दुरी पालन भए÷नभएको अनुगमन गर्न पनि स्वास्थ्य कार्यालय, पालिकाहरु र सुरक्षा निकायलाई प्रशासनले आग्रह गरेको छ । खुल्ला सीमा रहेको छिमेकी मूलुक भारतमा पछिल्लो समय कोरोनाको संक्रमण पुनः फैलन थालेपछि नेपालमा पनि सतर्कता अपनाउँन थालिएको हो । स्वास्थ्य मन्त्रालयले पनि यसअघि सूचना जारी गरेर भीडभाडजन्य गतिबिधि नगर्न सर्वसाधरणलाई आग्रह गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!