संगालोखबर सम्वाददाता


विराटनगर । विराटनगरका युवाहरुले नेपालमा बढ्दै गएको वातावरण प्रदुषण रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार विराटनगरको महेन्द्र मोेरङ क्याम्पसबाट बृहत र्याली निकाल्दै ‘युथ अफ क्लाइमेटिक एक्शन’ संस्थाका युवाहरुले सरकारको ध्यानाकर्षण गराएका हुन ।

उनीहरुले विश्वव्यापी रुपमा बढ्दै गएको वातावरण प्रदुषणले मानव स्वास्थ्यमा पनि नकारात्मक असर पुर्याइरहेको भन्दै सम्बन्धित निकायले यस बिषयमा ठोस कदम चाल्नुपर्ने बताएका छन् । र्यालीका क्रममा युवाहरुले हामी विकास विरोधी होइनौं, विनाश विरोधी हौं, हरियो वन कसको धन ?, रुख बचाऔं, संसार जोगाऔं र निजगढमा उडे प्लेन, खोई त हात्ती हिँडने ल्याण्ड लगायतका नारा लगाएका थिए । र्याली विराटनगरको रोडशेष चौक, भूमि प्रशासन चौक हुँदै ट्राफिक चौक पुगेर ‘ग्लोबल क्लाइमेट स्ट्राईक मार्च’ को रुपमा परिणत भएको थियो ।

Advertisement

स्ट्राइक मार्चलाई सम्बोधन गर्दै युवाहरुले प्रदेश नं.२ मा निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कार्यलाई पनि रोक लगाउन माग गरे । विमानस्थल निमार्णको कार्यले निरन्तरता पाउँदा यसले वातावरणमा नकारात्मक असर पुर्याउँने आयोजक संस्थाकी प्रदेश नं. १ संयोजक पुजा विश्वासले बताइन् । ‘विमानस्थलको निमार्ण कार्यले निरन्तरता पाउँदा यसक्षेत्रमा प्राकृतिक पद्धतिबाट हुर्काइएका वनजंगल फँडानी गर्नुपर्ने अवस्था आउँछ, उनले भनिन्, ‘करिब २४ लाख बोटबिरुवाहरु मासिन्छन, पशुपन्क्षीहरु पनि आवास विहिन हुन्छन ।’

जलवायु परिवर्तन अहिले विश्वमा ठूलो समस्याको रुपमा उदय भएकाले वातावरण संरक्षणको बिषयमा सरकार पनि गम्भीर बन्नुपर्ने युवाहरुको माग छ । अन्यथा जलवायु परिवर्तनसँगै मानव अस्तित्व पनि समाप्त हुँदै जाने युवाहरुको ठहर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!