रासस

इलाम । अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् ।

नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छन् । ‘उपचारका लागि इलाम अस्पताल, झापा हुँदै काठमाडौँसम्म लगियो बिराम केही पत्ता लागेन’ आमा उमाले गहभरी आँशु पार्दै भनिन्, ‘बुढेसकालका साहारा छोरी नै यसरी बिरामी भएपछि कसरी बाँचु ।’

घरमा रोगले छोरीलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लगेका थिए । उपचार गराउँदा समेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै छन् । सबै एकैपटक बिरामी हुँदा थाम्न समेत मुस्किल पर्छ । यथार्थमा के हो भन्ने कुरा पत्ता नलाग्दा समस्या जटिल बनेको वडाध्यक्ष टेकवीर नेम्वाङ बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!