संगालोखबर सम्वाददाता

इटहरी । इटहरी उपमहानगरपालिकामा इटहरी अपांङ्गता संजाल गठन भएको छ । दिलकुमारी राईको संयोजकत्वमा संजाल गठन गरिएको हो । संजालको उपाध्यक्षमा रमानन्द खत्वे, सचिवमा रामु कार्की, सहसचिवमा राम वहादुर भुजेल र कोषाध्यक्षमा रिता पौडेल चयन भएका छन् । संजालमा इटहरीको २० वटै वडाको प्रतिनिधित्व छ ।

Advertisement

अव इटहरीका प्रत्येक वडामा अपांङ्गता भएका ब्यक्तिहरुलाई संगठित गर्दै वडा मिलिजुली समूह गठन गरिने र त्यसलाई टोलहरुमासमेत विस्तार गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । इटहरीमा अपांङ्गता सम्वन्धि योजना तर्जुमा, कार्यावन्यन र अनुगमनमासमेत अपांङ्गता भएकाहरुलाई सहभागि गराउन टोल टोलसम्म समूह गठन गर्न लागिएको हो ।

इटहरी अपांङ्गता संजालले इटहरी उपमहानगरमा संचालित अपांङ्गता रोकथाम तथा नियन्त्रण कार्यक्रम कार्यावन्यनमा सहयोग पुर्याउँने बताइएको छ । अपांङ्गता भएकाहरुको पहिचान गरि उनीहरुलाई सिप सिकाएर क्षमता विकास गर्दै आत्मनिर्भर वनाइने उपप्रमुख गौतमले बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!