संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङका छुट्टा–छुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विहान ११ बजे केराबारी–८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को ३४ प ९०६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका ५० बर्षीय नरेशकुमार सोडारी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको हो । घटनापछि ट्याक्टर र चालक केराबारी–१० का २१ बर्षीय उमेश मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै आज दिउँसो १ः३० बजे मोरङको सुन्दरहरैंचा १० स्थित खोर्साने–केराबारी सडक खण्डको जंगलमा दक्षिण आउँदै गरेको को १ ख ६५४७ नम्बरको टिपरले बिपरित दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट गंभीर घाइते भएका मोटरसाइकल चालक बेलबारी–९ डागिहाटका २६ बर्षीय सुरेशकुमार चौधरीको नोवेल अस्पतालमा उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार झापाको धरमपुर घर भई बेलबारी–११ लक्ष्मीमार्ग बस्दै आएका ३४ बर्षीय रुपेश अधिकारी घाइते छन् । नोबेल अस्पतालमा उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । टिफर र चालक उर्लाबारी–७ का ४८ बर्षीय बिर्खबहादुर धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!