संगालोखबर सम्वाददाता
फायल तस्बीर

इलाम । इलामको सुर्योदय नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे भन्ज्याङबाट गोरखतर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गोरखमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय २२ बर्षीय मुस्कान प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका प्रधानलाई उपचारका लागि फिक्कल अस्पताल पुर्याइएको थियो ।

तर, त्यहाँ पुर्याउँनासाथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!