संगालोखबर सम्वाददाता

भोजपुर । चट्याङले लागेर भोजपुरका एक बालकको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङले लाग्दा आमचोक गाउँपालिका–९ दुम्मानाका १२ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।

Advertisement

विहिबार विहान आगनमा खेलिरहेका बेला उनलाई चट्याङ लागेको थियो । गंभीर घाइते भएका वालक श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

तर, उपचारकै क्रममा दिउँसो करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!