
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–५ चिउरीवोटेमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी जन्ती हिडेका ४ जना घाइते भएका छन् ।
साल्पासिलिछों–२ कुलुंगवाट जन्ती लिएर ट्याम्केमैयुङको दिल्पा जाँदै गरेको ग ३ च. ३६३२ नम्बरको फोर्स गाडी विहान ५ः३० बजे चिउरीवोटेमा पल्टिएको भोजपुरका प्रहरी प्रवक्ता प्रदिप लामाले संगालोखबरलाई बताए ।
दुर्घटनामा परी साल्पासिलिछों २ का ४७ बर्षीय घनश्याम गिरी, ४८ बर्षीय बालकृष्ण गिरी, ६० बर्षीय बासुदेव गिरी र ३५ बर्षीय निलवहादुर चौहान घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको गाडीमा वेहुलासहित १४ जना सवार थिए । घाइतेहरुलाई उपचारका लागि संखुवासभाको तुम्लिङटारस्थित मनकामना हस्पिटल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडी रोडबाट चिप्लिएर ५ मिटर तल खसेर पल्टिएको छ ।












