
विराटनगर । प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३/३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैंचामा, धनपालथान, उर्लाबारी र बेलबारीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको दमक र अर्जुनधारामा ४/४, भद्रपुरमा २, कनकाई, मेचीनगर, बिर्तामोड र झापा गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन् ।
यता, सुनसरीको धरानमा ४, इटहरी र इनरुवामा २/२ र बराहक्षेत्रमा १, उदयपुरको कटारीमा ४, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तैगरी भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १/१, संखुवासभाको धर्मदेवी र सिलिचोङमा १/१, तेह्रथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङ्वरक र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार १८६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७७६ पुगेको छ । प्रदेश १ मा आज ५१९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।















