गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा आज थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्यावमा २७ जनाको परीक्षण गर्दा ३ महिला र ३ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।

संक्रमण पुष्टि हुँनेमा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सका १९ बर्षका दुई र २० बर्षका एक छात्र छन् । त्यस्तै धनकुटा ६ का १९ र ३३ बर्षीया महिला तथा धनकुटा ५ का १८ बर्षीया युवतीमा संक्रमण देखिएको हो । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रमा गत वुधवार कोरोना संक्रमण पुष्टि भएपछि उनको कन्ट्राक्ट ट्रेसिङका आधारमा कलेजका १८ जना र जिल्ला अस्पतालमा आएका दुई जना विरामीको पीसीआर परीक्षण गर्दा शुक्रबार आठ जनामा संक्रमण पुष्टि भयो ।

कन्ट्राक्ट ट्रेसिङकै आधारमा गरिएको परीक्षणमा आज पुनः छ जना संक्रमित थपिएका हुन् । यसअघि धनकुटा–१० का एक जनामा पनि संक्रमण पुष्टि भएको थियो । योसँगै धनकुटा अस्पतालको ल्याबमा गरिएको परीक्षणका आधारमा धनकुटा नगरक्षेत्रमा सक्रिय संक्रमितको संख्या १६ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!