
धनकुटा । छथर जोरपाटी गाउँपालिकाले बिज्ञान बिषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । छथर जोरपाटी गाउँपालिका–५ का सुदिप लिम्बूलाई पालिकाले बिहिबार छात्रवृत्ति बापत ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
पालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठले सुदिपलाई चेक हस्तान्तरण गरेका हुन् । छथर जोरपाटी–५ ताम्लिङ्गस्थित महाकाली मा.बि. बाट ०७६ मा एसईई पास गरेका सुदिप अहिले धनकुटा नगरपालिकाको गोकुण्डेश्वर मा.बि.को विज्ञान संकायमा कक्षा ११ मा पढ्दैछन् ।
पालिकाले छात्रवृत्तिका लागि माघ १९ गते सूचना प्रकाशन गरेर दरखास्त आवहन गरेको थियो । प्रकाशित सूचनाका आधारमा यो बर्ष पालिका भित्रका १० मा.बि.मध्येबाट सुदिपको मात्र दरखास्त परेको गाउँपालिकाले जनाएको छ ।















