संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ स्थित जाँते बजारमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ जोगीटारका ५१ बर्षीय सहबिर मगर छन् ।

बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढेर मगर लेटाङ आएका थिए । बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडिको चक्काले किचेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

Advertisement

बस र चालक पथरीशनिस्चरे–४ का ३३ बर्षीय गंगाप्रसाद लुईँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!