- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लागत संकलन गरेको छ । प्रारम्भिक लागत संकलनका क्रममा ६५५ घर परिवारको तथ्यांक संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

जसमा भूमिहीन दलित घर परिवार ४, भूमिहीन घर परिवार ४१, अव्यवस्थित बसोबासीको संख्या ६१० रहेको पाइएको छ । सबैभन्दा बढी वडा नं.६ मा २६२ घर परिवार, वडा नं.२ मा २५५ र वडा नं.३ मा ७९ जना भूमिहीन तथा अव्यवस्थित बसोबासी घर परिवारको तथ्यांक संकलन गरिएको छ । त्यस्तै वडा नं.१ मा १० जना, वडा नं.४ मा ३४ जना र वडा नं.५ मा १४ घर परिवारको लागत संकलन गरिएको छ । तथ्यांक संकलनको काम निरन्तर रहने भूमिहीन सम्बन्धि समस्या समाधान आयोग छथर जोरपाटी इकाइका फोकल पर्सन नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

लागत संकलनपछि प्रमाण पुगेका शहरी क्षेत्रका भूमिहीन दलित तथा सुकुम्बासीहरुले बसोबासका लागि ४ आना ० पैसा १.४२ दाम जमिन पाउनेछन् । ग्रामिण क्षेत्रका भुमिहीन दलित तथा सुकुम्बासीहरुले बसोबासका लागि १० आना २ पैसा ३.०९ दाम जमिन पाउनेछन् । कृषि प्रयोजनका लागि ५ रोपनी १४ आना १ पैसा १.६२ दाम जमिन पाउनेछन् । त्यस्तै अव्यवस्थित बसोबासीहरुले बसोबासका लागि शहरी क्षेत्रमा भूमिहीन दलित तथा सुकुम्बासी सरह जग्गा पाउनेछन् । ग्रामिण क्षेत्रमा बसोबासका लागि १ रोपनी १५ आना १ पैसा ३.२१ दाम र कृषि प्रयोजनका लागि १९ रोपनी १० आना २ पैसा ०.०७ दाम जमिन पाउनेछन् ।

यसरी जमिन पाउने घर परिवारले आयश्रोतको आधारमा सरकारी मुल्यांकनको ८ देखि २०० प्रतिशतसम्म जमिनको राजश्व तिनुपर्ने भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष नैन विश्वकर्माले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!