- संगालोखबर सम्वाददाता
भीमराजलाई पक्राउ गरिदै । तस्वीर: रमेश पौडेल

धनकुटा । धनकुटा नगरपालिका–७ मदनचौकबाट शनिवार दिउँसो लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१९ का २३ बर्षीय भीमराज लिम्बूलाई दिउँसो करिब २ बजे प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

लिम्बूको साथबाट लागुऔषध एभिल ४४ पिस, लुप्रिकजेसिज ३८ पिस, डाइजोल्याप ४७ पिस र लागुऔषध प्रयोग गर्ने ४ वटा सुई बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

पैदल हिडिरहेको अवस्थामा खानतलासी गर्दा लागुऔषध बरामद भएकाले लिम्बूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवालले जानकारी दिए । ‘झोलामा लागुऔषध बोकेर हिड्दै गरेको अवस्थामा भेटेर पक्राउ गरेका छौं,’ डिएसपी जैसवालले संगालोखबरसँग भने,‘लागुऔषध कहाँ लैजादै गरेको भन्ने खुल्न वाँकी छ, थप अनुसन्धान थालेका छौं ।’

धरानबाट लागुऔषध बिक्रिका लागि भीमराज धनकुटा आएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको कारोवारका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यसैबीच भीमराज पक्राउ परेको केही समयपछि मदनचौकबाट एक टेम्पु चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयबासीले जनाएका छन् ।

भिडियो हेर्नुहोस्…

अपडेट: धनकुटामा घरभित्र लागुऔषध भेटियो, थप दुई युवा पक्राउ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!