- संगालोखबर सम्वाददाता

धनकुटा । बर्षासँगै परेको चट्याङले ट्रान्सफर्मरमा क्षति पुर्याउँदा धनकुटा बजार क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । विहान करिब ४ः३० बजे परेको चट्याङले धनकुटा–७ स्थित त्रिवेणी स्कूल नजिकको २ सय केभीएको ट्रान्सफर्मरमा क्षति पुर्याएपछि बजार क्षेत्रमा विद्युत अवरुद्ध भएको हो ।

Advertisement

चट्याङका कारण ट्रान्सफर्मर विग्रिएपछि धनकुटाको मुख्य बजार क्षेत्रमा विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । सब्जिलाइन, मदनचौक, बसपार्क, हुलाकटोल, परिचयमोड लगायत क्षेत्रमा विहानदेखिनै विद्युत अवरुद्ध भएको हो ।

चट्याङले क्षति पुर्याएको ट्रान्सफर्मर हेर्दै स्थानीय । तस्वीर: सन्तोष सुवेदी

त्रिवेणी स्कूल नजिकको ट्रान्सफर्मरले काम नगरेकाले मौसम सुधार भएपछि त्यहाँ नयाँ ट्रान्सफर्मर फेरेर विद्युत सूचारु गरिने प्राधिकरणले जनाएको छ । ‘बाहिरबाट ट्रान्सफर्मर मगाउँनु परेको भए धेरै समय लाग्ने थियो, तर अहिले हामीसँगै ट्रान्सफर्मर छ,’ प्राधिकरण वितरण केन्द्र प्रमुख सापकोटाले भने, ‘पानी परेर मौसम प्रतिकुल भएकाले ट्रान्सफर्मर फेर्न समय लागिरहेको छ । पानी रोकिएर मौसम अनकुल भएपछि ट्रान्सफर्मर फेरेर विद्युत सूचारु गछौं ।’

यसैबीच चट्याङले धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित बेसी टोलमा पनि विद्युत ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । ट्रान्सफर्मर विग्रिदा सो क्षेत्रमा ‘थ्री फेज’ लाइन अवरुद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ ।

अपडेट: धनकुटा बजारमा १२ घण्टापछि विद्युत सूचारु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!