
विराटनगर । प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३, सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुषसहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र धनपालनथानमा ३–३, जहदामा २, केराबारीमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २–२, हल्दिबारी, कनकाई र बाह्रदशीमा १–१ र स्थानीय थह नखुलेका २ जना संक्रमित भएका छन् ।
सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३–३, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पत्ता लागेको छ । इलामको इलाम नगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङमा ३, मिक्वाखोलामा २, धनकुटा नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, प्रदेश १ मा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ३६० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ८५५ पुगेको छ । प्रदेश १ मा आज ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये १२५ महिला र १७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।















