- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा २० जनाको पीसीआर परीक्षण गर्दा गएराती चार पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमण पुष्टि हुने चारै जना धनकुटा नगरपालिका–६ का हुन् ।

Advertisement

धनकुटा–६ का २५ बर्षीय, २८ बर्षीय, ३० बर्षीय र ६४ बर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । संक्रमित एक जना नेपाल टेलिकमका कर्मचारी हुन् भने एक जना धनकुटा नगरपालिकाको कार्यालयमा कार्यरत हुन् । बाँकी दुई जना स्थानीयबासी हुन् ।

योसँगै जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!