संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १/१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुषसहित १२० जनामा संक्रमण देखिएको छ । त्यस्तै लेटाङमा ९, सुन्दरहरैंचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३/३, रंगेली र बुढीगंगामा २/२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यता, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३/३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १/१ जनामा संक्रमण भेटिएको छ । झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४/४ गौरीगञ्ज र हल्दिबारीमा ३/३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २/२, बुद्धशान्ति, बाह्रदशी र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन् । त्यस्तैगरी ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेका १, इलामको चुलाचुली, माई र सुर्योदयमा १/१, उदयपुरको उदयपुरगढीमा २, तेह्रथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ । जसमध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ ।

प्रदेश १ मा आज ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!