- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ रुद्रवारी नजिक बिहिबार दिउँसो दुई वटा यात्रु बाहक बस जुध्दा सात जना यात्रु घाइते भएका छन् । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६१० नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ ख ७७७८ नम्बरको बस दिउँसो करिब २ः३० बजे आपसमा ठोक्किएका हुन् ।

Advertisement

दुर्घटनामा परी धरानबाट आउँदै गरेको बसमा सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का ५९ बर्षीय बीरबहादुर तामाङ, धनकुटाको चौबिसे गाउँपालिका–१ का ३९ बर्षीय चेतराज तामाङ, सोही ठाउँका ४२ बर्षीय तारा गुरुङ र इलामको रौङ गाउँपालिका–३ शान्तिनगरका २२ बर्षीय दिपक गुरुङ घाइते भएका छन् ।

त्यस्तै, धनकुटाबाट जाँदै गरेको बसमा सवार धनकुटाको पाख्रीवास नगरपालिका–२ का ४५ बर्षीया चन्द्रमायाँ तामाङ, भोजपुरको पौवादिन गाउँपालिका–४ का ४६ बर्षीय राज कार्की र सुनसरीको धरान उपमहानगरपालिका–७ का ३४ बर्षीय नवराज राई घाइते भएका छन् । जिल्ला अस्पतालमा घाइतेहरुको उपचार भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए ।

सडकको घुम्ती मोड्ने क्रममा बस ठोक्किएका हुन् । घटनापछि बस चालक धनकुटाको सान्नेका ३९ बर्षीय प्रेमबहादुर बरुवाल र भोजपुरको जरायोटार–३ का ४१ बर्षीय भरत दाहाललाई मुलघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । ठक्करबाट एउटा बसको अगाडि र अर्को बसको पछाडिको भाग क्षतिग्रस्त भएको छ । दुर्घटनाग्रस्त दुवै बसलाई सडक छेउमा राखेर सडकमा सवारी सूचारु गरिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!