संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा आज बिहान दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर–३ का ५५ बर्षीय र राजविराज–९ सप्तरीका ४५ बर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो ।

Advertisement

कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा विराटनगरका पुरुषमा वुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि होम आइसोलेशन बसका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार नोबेल अस्पताल भर्ना गरियो । अस्पताल भर्ना भएको एक दिन वित्न नपाउँदै आज विहान ५ः५० बजे उनको मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

विराटनगर महानगरका नगर प्रहरीसमेत रहेका उनमा पुरानो कुनै स्वास्थ्य समस्या थिएन । मृत्युअघि उनलाई हृदयघातसमेत भएको उपचारमा सम्लग्न डाक्टरको भनाई उदृत गर्दै अस्पताल प्रवन्धक दाहालले बताए ।

यता, राजविराजका संक्रमितलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्यासमेत भएका उनको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!