- सन्तोष सुवेदी

धनकुटा । धनकुटा बजारमा बर्षासँगै परेको चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेर अवरुद्ध भएको विद्युत १२ घण्टापछि सूचारु भएको छ ।

Advertisement

शनिवार विहान करिब ४ः३० बजे परेको चट्याङले धनकुटा–७ स्थित त्रिवेणी स्कूल नजिक ट्रान्सफर्मरमा क्षति पुर्याउँदा सब्जिलाइन, मदनचौक, बसपार्क, हुलाकटोल, परिचयमोड लगायत क्षेत्रमा दिनभर विद्युत अवरुद्ध भएको थियो ।

बिग्रिएको ट्रान्सफर्मर फेरेर अपरान्ह करिब ४ बजेबाट विद्युत सूचारु गरिएको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए ।

विग्रिएको ट्रान्सफर्मर हटाई त्यसको ठाउँमा अर्को ट्रान्सफर्मर राखेर विद्युत सूचारु गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!