- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३८ महिला र ४३ पुरुषसहित ८१ जनामा संक्रमण देखिएके छ । बुढीगंगामा ३, पथरीशनिश्चरे र जहदामा २/२, बेलबारी , सुन्दरहरैंचा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापाको भद्रपुरमा २४, विर्तामोडमा ११, अर्जुनधारामा ८, मेचीनगर र कनकाईमा ७/७, गौरादहमा ४, बुद्धशान्तिमा ३, हल्दिबारीमा २ र शिवसताक्षी, गौरीगञ्ज, कचनकवल र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपार्ट पोजिटिभ आएको हो ।
यता, सुनसरीको धरानमा ३५, इटहरीमा २१, बराहक्षेत्र र इनरुवामा ४/४, रामधुनीमा २, बर्जु र देवानगञ्जमा १/१, इलामको रोङमा ६, उदयपुरको चौदण्डीगढीमा २, बेलका, त्रियुगा र स्थानीय तह नखुलेका १/१ जना संक्रमित थपिएका छन् । त्यस्तैगरी धनकुटाको धनकुटा नगरपालिकामा ४, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएका छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९१७ पुगेको छ । जसमध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ३८२ पुगेको छ । प्रदेश १ मा आज ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२२ महिला र १४४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!