- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा १७ जनाको पीसीआर परीक्षण गर्दा दुई महिलामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

धनकुटा नगरपालिका–४ का ५८ बर्षीया र धनकुटा नगरपालिका–६ का ६० बर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए । उनीहरु स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचारका लागि आएका थिए । सोही क्रममा स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । उनीहरु अहिले होम आइसोलेशनमा छन् ।

योसँगै धनकुटा अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा सक्रिय संक्रमितको संख्या २३ पुगेको छ । यसअघि एक साताको अवधिमा २१ जनामा संक्रमण पुष्टि भएको थियो । पहिलो चरणको कोरोना संक्रमण शुन्यमा झरेको धनकुटामा एक साता अघिबाट पुनः दोस्रो चरणमा संक्रमित फेला पर्न थालेका हुन् ।

पहिलो चरणमा भटिएका धेरै संक्रमित लक्ष्यणबिनाका थिए । तर, पछिल्लो समय दोस्रो चरणमा पुष्टि भएका अधिकांस संक्रमित लक्षणसहितका छन् । उनीहरुमा ज्वरो आउँने, खोकी लाग्ने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायत समस्या देखिएको छ । धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा अहिले ८ जना संक्रमित छन् । वाँकी सबै संक्रमित होम आइसोलेशनमा बसेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!