झापा । झापाको बिर्तामोड नगरपालिका–४ पारिजात टोलमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हँनेमा बिर्तामोड–३ का २० बर्षीय बाबू भनिने सन्दिप अधिकारी छन् ।
मे १ त ७००५ नम्बरको बालुवा ढुवानी गर्ने ट्याक्टर बालुवा झार्ने क्रममा पछाडि सार्दा चक्का खाल्डोमा परेर दुर्घटना हुँदा सोही ट्याक्टरका मजदुरसमेत रहेका अधिकारी घाइते भएका थिए । उपचारका क्रममा करिव ३ बजे बीएण्डसी अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टर र चालक बिर्तामोड–३ का २० बर्षीय अनिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।