
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका चार वटा पालिकामा एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका १, २, ३, ४ वडामा निषेधाज्ञा घोषणा गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले आज सूचना जारी गर्दै शनिवार राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा घोषणा गरेका हुन् ।
के गर्न पाइने, के नपाइने ?














