संगालोखबर सम्वाददाता

झापा । झापाको दमक नगरपालिका–२ हुम्से–दुम्से सामुदायिक जंगलबाट गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलामको माईसेबुङ गाउँपालिका–२ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया छन् ।

Advertisement

प्रहरी चौकी बागखोरबाट खटिएको टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । उनीहरुको साथबाट १२ केजी गाँजा र ६ ग्राम २६० मिलिग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध फेला परेपछि मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!