संगालोखबर सम्वाददाता
दुर्घटनाग्रस्त बस । तस्वीर सौजन्य: रबिन मग्रान्ति

धनकुटा । धनकुटाको मुलघाटमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

तेह्रथुमबाट धरान जाँदै गरेको ग १ ख ७४७६ नम्बरको बस दिउँसो करिब १ बजे ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी धरान–७ की ४१ बर्षीया दिलकुमारी मादेन गम्भीर घाइते भएकी छन् ।

Advertisement

घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!