सन्तोष सुवेदी/संगालोखबर

धनकुुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को दोस्रो प्रादेशिक अधिवेशनमा धनकुटाबाट प्रतिनिधित्व गर्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई फोनिज धनकुटाले वुधवार एक कार्यक्रम गरी बधाईसहित सफल कार्यकालको शुभकामना दिएको छ ।

Advertisement

फोनिजको प्रदेश अध्यक्षमा निर्वाचित सन्तबीर लामासहित प्रदेश सदस्यमा निर्वाचित ब्रह्मलाल हजारी र सर्मिला राईको सम्मानमा कार्यक्रम गरिएको हो । कार्यक्रममा अध्यक्ष लामा र सदस्य हजारी सहभागि भएपनि स्वास्थ्य समस्याका कारण सदस्य राई भने सहभागि भइनन् ।

कार्यक्रममा फोनिज संघीय समितिका सल्लाहकार सञ्जय सन्तोषी राई, पत्रकार महासंघ १ नं. प्रदेश कमिटी उपाध्यक्ष हिमा चेम्जोङ, पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष तथा फोनिज धनकुटाका सल्लाहकार विजय सन्तोषी राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, पूर्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, फोनिजका जिल्ला अध्यक्ष विनु चेम्जोङ्ग लगायतले लामा र हजारीलाई अविर लगाई खादा ओढाएर सम्मान गरे ।

गत पुष २७ र २८ गते मोरङको पथरीमा सम्पन प्रदेशिक अधिवेशनबाट अध्यक्षमा धनकुटाका लामासहित सदस्यमा हजारी र राई निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!