स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँने
काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति तोकेको हो ।
अहिले रहेका स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच बर्षे कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । गठबन्धनका केही नेताहरुले स्थानीय तहको निर्वाचन पछि धकेल्नुपर्ने तर्क गरेपछि त्यसको विरोध हुँदै आएको थियो । संविधानले नै स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेकाले समय...





























