बेलबारीबाट कार चोर्ने तीन जना पक्राउ, लागुऔषध पनि बरामद
मोरङ । मोरङको बेलवारीमा कार चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बेलबारी नगरपालिका–३ का ३६ बर्षीय सुरज गुरुङ, केरावारी–१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी–७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
बेलबारी नगरपालिका–१ सिनेमा हल अगाडिबाट आइतवार बिहान कार हराएको थियो । बिहान ८ बजे बेलबारी–३ का ४३ बर्षीय रिक्तमान गुरुङले पार्किङ गरेर राखेको प्रदेश ३–...





























