- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ नुनथलामा यात्रुबाहक बस दुर्घटना हुँदा आज कोशी लोकमार्गको सिधुवा–बसन्तपुर सडक खण्ड चार घण्टा अवरुद्ध भएको छ । झापाबाट तेह्रथुम जाँदै गरेको ना.५ ख.५२२३ नम्बरको बस बिहान करिब ११ः३० बजे दुर्घटना भएको हो ।

Advertisement

उकालो सडकमा जाँदै गर्दा एक्कासी बिग्रिएर पछाडि सरी भित्तामा ठोकिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । तर, भित्तामा ठोक्किएर कोल्टिएको बसले सडक ढाक्दा दिनभर यातायात आवतजावत प्रभावित भएको हो ।

सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएको थिए । क्रेन ल्याएर गाडी पन्साई अपरान्ह ४ बजे सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका हवल्दार दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!