संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धरान । धरान उपमहानगरपालिका–१८ का कोरोना संक्रमित एक बृद्धको आज मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमित ७६ बर्षीय बृद्धको मृत्यु भएको हो ।

उनलाई गत पुस २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरियो ।

Advertisement

उपचारका क्रममा साँझ करिब ४ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!